राजनीति

नेकपाले अख्तियारलाई सुम्पियो पूर्वआयुक्त पाठकले घुस लिएको भिडियो

राजनारायण पाठक
फागुन ९, २०७५

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इन्जिनियरिङ कलेजका संचालकबाट ७८ करोड घुस लिएको प्रमाण सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले अख्तियारका अधिकारीलाई बुझाएको छ।

    पाठकको घुस प्रकरण अनुसन्धान गर्न गठित अख्तियारको टोलि बिहीबार नेकपाको संसदीय दलको कार्यालयमा पुगेको थियो। अख्तियारको अनुसन्धान टोलीलाई नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीलाई प्राप्त घुस लिँदै गरेको भिडियोसहितको पेन ड्राइभ र अन्य कागजपत्र बुझाएका थिए।

    नेम्वाङले नेपाल इन्जिनियरिङ कलेजका संचालकसँग पाठकले घुस लिएको भिडियो पार्टीलाई उपलब्ध भएको र उक्त भिडियो तथा कागजात अनुसन्धानका लागि अख्तियारलाई बुझाएको बताए।

    पाठकले घुस लिएकोबारे अध्ययन गर्न गठित अख्तियारको टोलिका तीन सदस्य सिंहदरबार पुगेका थिए।

    पाठकलाई घुस दिने व्यक्तिहरूको समूहले उक्त भिडियो खिचेको थियो। जुन केही दिन पहिले विभिन्न संचारमाध्यम मार्फत सार्वजनिक भएको थियो। उक्त भिडियो करिब चार महिना पहिले नै नेकपाका शिर्ष नेता तथा सरकारका वरिष्ठ अधिकारीहरूकहाँ पुगेको बताइएको छ।

    ७८ लाख घुस दिँदा पनि तत्कालिन आयुक्त पाठकले काम नगरेको त्यसपछि उक्त रकम फिर्ता नगरेको भन्दै घुस दिने पक्षले बार्गेनिङका लागि उक्त भिडियो खिचेका थिए।

    घुसकाण्ड सार्वजनिक भएपछि महाभियोग लाग्ने डरले पाठकले अख्तियारको आयुक्तबाट राजीनामा दिइसकेका छन्। उनीमाथि अहिले छानबिन भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]