काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : फागुन ३ भित्र कर्मचारी समायोज सक्ने सरकारको लक्ष्य एकतिहाइ मात्रै पूरा भएको छ।
७७ हजार कर्मचारीले समायोजनको फारम भरेकोमा अहिलेसम्म ३० प्रतिशत अर्थात २२ हजार ९ सर १७ कर्मचारी मात्रै समायोजन भएका छन्।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्तलायका प्रवक्ता सुरेश अधिकारीले संघमा १७ हजार २ सय ७९ र प्रदेशमा २ हजार ४ सय ४८ कर्मचारी समायोजन भएको बताए। सबैभन्दा ठूलो दरबन्दी हिस्सा रहेको स्थानीय तहमा ३ हजार १ सय ९० कर्मचारी समायोजन भएका छन भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। सचिवस्तरमा ५७ जना सबै संघमा समायोजन भएका छन्। सहसचिव स्तरका ६ सय ७६ को समायोजन सकिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।