पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
काठमाडौं : उपत्यकामा जथाभावी हर्न बजाएर सवारीसाधन चलाउने ३० हजारबढी सवारी चालक कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक महाशाखाको तथ्यांकअनुसार उपत्यकाको विभिन्न ठाउँबाट आर्थिक वर्ष २०७३ यता ३० हजार चार सय ६८ सवारीसाधन कारबाहीमा परेका हुन्। ध्वनि प्रदूषणका कारण काठमाडौंवासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न गएको भन्दै ट्राफिक प्रहरीले ध्वनि नियन्त्रणका लागि २०७४ बाट नो हर्ट अभियान संचालन गरेको थियो।
ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा नौ हजार ६ सय ६३ त्यस्तैगरी ०७४/७५ मा १५ हजार चार सय पाँच र चालु आर्थिक वर्ष ०७५/७६ को फागुन महिनासम्म पाँच हजार चार सय सवारी चालक कारबाहीमा परेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी वशन्त पन्तको भनाइ छ। जथाभावी हर्न बजाउने सवारी चालकलाई पाँचसय जरिवाना लिने गरेको ट्राफिक प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।