खेलकुद

संखुवासभालाई प्रदेश १ स्तरीय महिला भलिबलको उपाधि

फागुन १२, २०७५

    सोलुखुम्बु : प्रदेश १ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ। शनिबार सोलुखुम्बुको दोर्पुबजारमा सम्मन्न  प्रतियोगितामा ओखलढुंगालाई पराजित गर्दै संखुवासभाले उपाधि चुमेको हो। 

    शनिबार नै भएको खेलमा सुनसरीलाई हराउँदै सोलुखुम्बु तृतीय भएको छ। प्रतियोगितामा प्रदेश १ को १४ वटै  जिल्लाका महिला भलिबल टिमको सहभागिता रहेको थियो। यसै प्रतियोगिताबाट राष्ट्रिय खेलकुल प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको हो। आठौँ राष्ट्रिय प्रतियोगिताको भलिबलतर्फ सहभागी हुन प्रदेश १ बाट १२ जना महिला भलिबल खेलाडी छनोट भएका छन्। 

    छनौट हुनेमा शारदा गजमेर (सखुंवासभा),  समिता गजमेर (सखुंवासभा), तारा श्रेष्ठ(ओखलढुगा), सावित्रा राई (ओखलढुगा), निशा राई (सोलुखुम्बु) र पदमकुमारी राई (सोलुखुम्बु) रहेका छन्। यस्तै, लावती लिम्बु (सुनसरी), अनुस्का चौधरी (सुनसरी), अन्जली लिम्बु (मोरङ), सुनिता राई (भोजपुर), तेजकुमारी (झापा) र समिका सार्की (झापा) छनोट भएका छन्।

    छनोट भएका खेलाडीहरुले नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डिबी रानापालले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]