खेलकुद

नेपालले हङकङलाई ६ विकेटले हरायो

फागुन १२, २०७५

    नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले टि–२० एसिया विश्वकप छनोटमा हङकङलाई ४ विकेटले पराजित गर्दै आफ्नो छनोट संभावना कायम राखेको छ। नेपालका लागि  नेरी थापाले कीर्तिमानी ६ विकेट लिँदा नेपालले हङकङमाथि सहज जित निकालेको हो।

    नेरीको उत्कृष्ट बलिङसँगै अप्सरी बेगमको उत्कृष्ट ब्याटिङ नेपालको जितमा निर्णायक रह्यो। ६३ रनको सामान्य लक्ष्य नेपालले १८.३ ओभरमा पूरा गर्‍याे। बेगमले सर्वाधिक २४ रन बनाइन्। ३५ बलको सामना गरेकी उनले ३ चौका प्रहार गरेकी थिइन्। त्यस्तै सरिता मगरले अविजित १६ रनको इनिङ खेलिन्।

    नेपालका लागि थप स्कोरका रुपमा काजल श्रेष्ठ र इन्दु वर्माले ४–४ रन बनाएका थिए। कप्तान रुविना क्षत्रीले ६ रोमा थापाले २ तथा नेरी थापा १ रनमा अविजित रहिन्। उपकप्तान सीता रानामगर खाता नै नखोली आउट हुँदा हङकङकी जस्मिनले ३ विकेट लिएकी थिइन्। यसअघि पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ६२ रन मात्र जोड्न सक्यो। नेपाली बलरसामू खुलेर खेलन असफल भएको हङकङ एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीको मैदानमा निरीह देखिएको थियो।

    हङकङका लागि मरिनाले सर्वाधिक १९ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा यसमिन दासवानीले १६ तथा बेला पोनले ११ रन रह्यो। उसका ६ खेलाडीले दोहोरो रन बनाउन सकेनन्। नेपालकी नेरी थापाले कीर्तिमानी ६ विकेट संभव बनाइन्। ४ ओभर बलिङ गरेकी नेरीले ८ रनमात्र खर्चिएकी थिइन्। उपकप्तान सीता रानामगरले २ विकेट लिएकी थिइन्। जितसँगै छनोटको सम्भावना कायम राखेको नेपालले १५ गते कुवेतसँग खेल्नेछ। यसअघि नेपाल घरेलु टोली थाइल्याण्डसँग पराजित भएको थियो भने मलेशिया र युनाइटेड अरब इमिरेट्सविरुद्ध विजयी भएको थियो।

    राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]