खेलकुद

मोफसलको फुटबलमा दाउफिन्सको दबदबा

फागुन १४, २०७५

    पछिल्लो समय नेपाली फुटबल लिगको अन्तसँगै मोफसलमा भइरहेका प्रतियोगितामा क्यामरुनी टिमका नाममा दाउफिन्स फेमील क्लबले सहभागिता जनाइरहेको छ। दाउफिन्सको सहभागिता पछि नेपाली फुटबलमा माफसलका ठुला धनराशी भएका महत्वपुर्ण प्रतियोगिताको उपाधि जित्दै उसले सनसनिमात्रै मच्चाएको छैन्। नेपाली क्लबको निरिह प्रदर्शनको फाइदा एकपछि अर्को गर्दै उठाइरहेको छ।

    पुलिसलाई हराउँदै पछिल्लो उपाधि

    दाउफिन्सको पछिल्लो उपाधिका रुपमा सोमबार तिलोत्तमा गोल्डकपको २१औँ संस्करण जित्न सफल भयो। फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पाहुना टिमका रुपमा रहेको दाउफिन्सले १–० ले हराएर ८ लाख बढी पुरस्कार राशि आफ्नो नाममा पार्न सफल भयो। 

    देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको थियो। ट्राइब्रेकरमा पनि खेल बराबरी भएपछि पुलिसका तेज तामाङको प्रहारलाई दाउफिन्सका गोलरक्षकले जोगाउँदा खेलको निर्णय सडन डेथबाट लियो जहाँ दाउफिन्स उपाधि जित्न सफल भयो। प्रतियोगितामा जीतसँगै विजयी टिमले ८ लाख ८० हजार नगद हात पार्यो। उपविजेता पुलिस क्लबले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। 

    यसअघिका दुई  उपाधि

    केहि समय अघिमात्र सम्पन्न भएको खेलमा दाउफिन्सले  मनकामना केबलकार पोखरा कप र बुढासुब्बा गोल्ड कप आफ्नो पोल्टोमा पारेको थियो। अब उसको नाममा तिलोत्तमा गोल्डकपको उपाधि थपिएपछि मोफसलमा ह्याट्रिक पुरा गर्यो। पोखरा कपमा ७ लाख ५५ हजार दाउफिन्सले आफ्नो नाममा बनाएको थियो भने । बुढासुब्बा गोल्डकपमा ८ लाख नगद दाउफिन्सले आफ्नो नाममा पार्न सफल भयो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]