समाज

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

फाइल फोटो
फागुन १५, २०७५

    काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको छ। उनी सवार एयर डायनिस्टीको हेलीकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए। घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ।

    प्राप्त जानकारी अनुसार ताप्लेजुङको पाथिभरा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टरमा मन्त्री अधिकारी सहित ६ जना रहेका छन्। हालसम्म क्षतिको विवरण अज्ञात रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]