काठमाडौँ : राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्। राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले आइतव...
काठमाडौं : सभामुख कृष्णबहादुर महराले हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको घटनाले आफू अत्यन्तै मर्माहत भएको बताएका छन।
बुधबार शोक वक्तव्य जारी गर्दै सभुमख महराले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि एवम् शोकाकुल परिवारजन तथा सबैमा समवेदना व्यक्त गरेका छन। वक्तव्यमा उनले लेखेका छन, ‘मन्त्री अधिकारीको निधनले देशले एक जना मन्त्रीलाई मात्रै गुमाएको छैन, भविष्यमा देशकै नेतृत्व गर्न सक्ने सक्षम प्रतीभालाई गुमाएको छ। उहाँ राजनीतिक हिसाबले प्रष्ट, अध्ययनशील र दूरदृष्टि भएको युवा नेताका रूपमा हुनुहुन्थ्यो।‘
सभामुख महराले देश विकासको स्पष्ट दृष्टिकोण र केही योजना बोकेका मन्त्री अधिकारीको निधनले देशलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन। उनले स्थल तथा हवाई दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न के गर्न सकिन्छ, त्यसतर्फ गम्भीर भई आवश्यक पहलकदमी लिन सरकारलाई विशेष आग्रहसमेत गरेका छन।
सभामुखले जारी गरेको शोक वक्तव्यः
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।