समाज

प्रचण्डले भेटे दिवंगत मन्त्रीका परिवारलाई

फागुन १६, २०७५

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका परिवारलाई भेट गरेका छन्।

    विहीवार विहान  दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरे भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी समवेदना दिएको प्रचण्डको सचिवालयले जनाएको छ। मन्त्री अधिकारीकाे मृत्य भएपछि पाेखरबाट काठमाडाैं ल्याइएका बाबु अझै अर्धचेत अवस्थामा रहेका छन्। 

    बुधबार अपरान्ह ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]