समाज

गाडी किन्ने रकमले जनतालाई एम्बुलेन्स

फागुन १६, २०७५

    गुल्मी : स्थानीय सरकारमा सवारी साधन किन्ने लहर चलिरहेको बेला गुल्मीको मदाने गाउँपालिकाले भने आफूलाई गाडी खरिद गर्न छुट्टाएको रकमले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्‍याउने उद्देश्यका साथ एम्बेलेन्स खरिद गरिएको छ। सो गाउँपालिका प्रमुख दानबहादुर केसी (खत्री) ले एम्बुलेन्स खरिद गर्ने कार्य गरेका हुन्।

    'गत वर्ष प्रमुख केसीलाई गाडी किन्न रकम छुट्टाएका थियौं', त्यहाँका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले भने, उनले मान्नु भएन, विकट गाउँका जनता बिरामी पर्दा तत्काल उपचार पाउन सकेको छैनन उनीहरूलाई स्वास्थ्यमा सहज पहुँच पुराउन एम्बुलेन्स किनौँ भन्नु भयो र यसै हप्ता दुईवटा एम्बुलेन्स खरिद गरी यहाँको विकट गाउँ बाँझकटेरी र सिर्सेनीमा सञ्चालनमा ल्याएका छौँ।’

    उनका अनुसार मदाने गाउँपालिका २ बाँझकटरी र वडा नम्बर ३ सिर्सेनीमा सञ्चालनमा ल्याइएको एम्बुलेन्सको मूल्य प्रतिएक १० लाख ५७ हजार रहेको छ। एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि गाउँवासीले तत्काल सुविधा प्राप्त गर्न पाउँदा  खुशी भएका छन्।

    गाउँपालिकाले भाडाको गाडीसमेत नियमित संचालनमा नल्याएको गाउँपालिकाले दाबी गरेको छ। अनुगमन र कतै जान परे मात्र सीमित समयका लागि गाडी लिने गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए। गाउँपालिका प्रमुख केसीले सुविधा पहिला जनतालाई तब मात्र आवश्यकताअनुसार जनप्रतिनिधिलाई भन्दै विकट गाउँपालिका मदानेमा कार्यभार सम्हालेदेखि यातायात सुविधा नपुगेका गाउँमा ७५ किलो मिटर नयाँ मोटर बाटो खनेर सुविधा प्रदान गरेका छन्। जिल्लाका अन्य सबै स्थानीय सरकार प्रमुखहरूले गाडी खरिद गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]