काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपालमा आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।
नागरिक उड्यन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको खबर कान्तिपुर दैनिकमा छ। पाकिस्तानी आकाश प्रतिबन्धित भएपछि कतार, दुबईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदएिको प्राधिकाणका एक अधिकारीले बताए।
नयाँ रुट अनुसार खाडी मुलुकबाट उडेका जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेको उनले बताए। साबिक उडान तालिका अनुसार खाडी मुलकबाट नेपाल उड्ने जहाज पाकिस्तान र अफगानिन्तानको पठार क्षेत्रहुँदै सिधै नयाँदिल्लीको आकाशमार्ग प्रयाेग गरी त्रिभुवन विमानस्थल अवतरण गर्थे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।