महोत्तरी : बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बाप्र ०२–०४३ प ...
काठमाडौं : दक्षिण कोरियामा कम्तीमा तीन वर्ष बैधानिक रुपमा काम गरेर फर्किएर फेरि कोरिया जान चाहने युवाका लागि आजदेखि आवेदन खुल्ने भएको छ।
आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षाका लागि आवेदन खुल्ने भएको हो। काठमाडौमा रहेको बैदेशिक रोजगार विभाग अन्र्तगतको रोजगार अनुमती प्रणाली इपीएस शाखा मार्फत आज, भोली र पर्सी गरी तिन दिनमा आवेदन दिन सकिनेछ। चैत ११ गते परिक्षा तालिका सार्वजनिक गर्ने शाखाले जनाएको छ।
इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले सीबीटीमा आधारित परिक्षामा सहभागी हुने व्यक्तिको नामावली नै कोरियाको मानव संशाधन विकासले पठाउने पनि जानकारी दिए। यसका लागि कोरियामा बैधानिक भएर काम गरेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिहरु कम्प्युटर परिक्षाका लागि योग्य हुन्छन्।
यसमा सामेल हुन कोरियाबाट फर्कन एलाइन्स रजिस्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्ने पनि शाखाले जनाएको छ। शाखाका अनुसार सन् २०१० जनवरीदेखि वैधानिक भएर कोरियाबाट फर्किएका श्रमिक कम्प्युटर भाषा परिक्षामा आधारित परिक्षा उत्र्तीण गरेर अहिलेसम्म ६ हजार नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगिसकेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।