राजनीति

पश्चिम-सेती सुदूरपश्चिमबासीले नै बनाउनुपर्छ : देउवा

फागुन १७, २०७५

    कञ्चनपुर : नेपाली कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले पश्चिम-सेती जलविद्युत परियोजनालाई सुदूरपश्चिमबासीले नै बनाउनु पर्ने बताएका छन्।

    शुक्रबार सुदूरपश्चिम प्रदेशस्तरीय व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्वसको महेन्द्रनगरमा उद्घाटन गर्दै सभापति देउवाले विकासका लागि सुदूरपश्चिम ठूलो सम्भावना बोकेको प्रदेश भएको भएकाले  गौरवको योजनालाई सुदूरपश्चिमले बनाउनु पर्ने बताएका हुन्।

    उनले परियोजनाको शेयर सुदूरपश्चिबासीलाई दिनु पर्ने र त्यसको नाफा पनि यहाँका जनताले पाउनु पर्ने बताए। ‘जलविद्युतका दृष्टिकोणले यो प्रदेश सबैभन्दा धनी प्रदेश बन्न सक्छ, कर्णाली यहि छ, सेती र महाकाली यहि छन्, प्राकृतिक साधनको उचित प्रयोग गर्नु आवश्यक छ’ उनले भने।

    केन्द्र सरकारले सुदूरपश्चिमलाई थोरै बजेट विनियोजन गरेको आरोप लगाउँदै उनले भने 'सबै बजेट केन्द्र सरकारसँग छ, अनि कसरी तल्लो तहमा विकास कसरी हुन्छ। सामानुपाति प्रणालीको सिद्धान्तअनुरूप बजेट वितरण गरेर सबै क्षेत्रको उचित विकासमा योगदान दिन सक्नुपर्छ।’

    उद्योग वाणिज्य संघ कञ्चनपुरले सभापति देउवालाई सोही अवसरमा १२ किलो मालाले अभिनन्दनसमेत गरेको थियो।

    उद्घाटन कार्यक्रममा बोल्दै पूर्व एवं नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापाले विकासमा राजनीति गर्न नहुने बताए। उनले सबै राजनीतिक दलले साझा मुद्दाको रूपमा विकास लिनु पर्ने बताए।

    कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्दै यस प्रदेशकै आर्थिक समृद्धिका लागि मेला आयोजना गरिएको बताए। कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव बासदेव जोशी(विनोद)ले यस वर्ष एसियाकै दोस्रो लामो झोलुङ पुल डिजाइनको नयाँ प्रवेशद्वार निर्माण गरिएको बताए।

    आयोजकका अनुसार महोत्सवमा व्यावसायिक क्षेत्रका १५० र खाद्यान्न तर्फका २० गरी १७० स्टलमा व्यावसायिक वस्तु तथा सेवा राखिएका छन्। संघले ०५७ सालदेखि नियमित मेला संचालन गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]