पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
काठमाडौं : शनिबार देशका अधिकांश स्थानको मौसम बदली भई देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने भएको छ। काठमाडौ उपत्यकामा दिउँसो मौसम बदली भइ पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौमसविद् मीनकुमार अर्यालका अनुसार काठमाडौमा शनिबार र आइतबार दुई दिन मौसम बदली भइ पानी पर्ने सम्भावना छ। देशका पश्चिम र पूर्वका धेरै ठाउँको मौसम बिहानैदेखि बदली हुन सुरु भएको महाशाखाले जनाएको छ।
पश्चिम र पूर्वका अधिकांश ठाउँमा दुई दिन पानी पर्ने अर्यालको भनाइ छ। देशका अधिकांश पहाडी र हिमाली भागमा हिमपातको पनि सम्भावना छ। पश्चिमी वायुको प्रभावका कारण देशैभरको मौसम बदली सुरु भएको महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।