समाज

आगाेले जलेर १ युवतीको मृत्यु

फागुन २१, २०७५

    विराटनगर : तेह्रथुमको छथर गाउँपालिका २ हमरजुङमा भएको आगलागीमा १ युवतीको जलेर मृत्यु भएको छ। आगलागीमा परी १ महिला घाइते भएकी छन्।

    मंगलबार बिहान ६ बजेर २० मिनेटमा स्थानीय राममाया कार्कीको काठको बेरा र टिनको छाना भएको दुई तले कच्ची घरमा अचानक आगलागी हुँदा २० वर्षीय सम्झना कार्कीको जलेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।

    आगलागीमा परी राम माया कार्की आगोले जलेर घाइते भएकी छन्। घाइतेलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा विहान ७ वजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो।

    आगलागीबाट करिव १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]