खेलकुद

आजदेखि शहीद स्मारक सी डिभिजन लिग

फागुन २२, २०७५

    काठमाडौं : शहीद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। 

    अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा खालीबारी युवा फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ। खेल आज दिउँसो पौने एक बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। बुधबार नै हुने अर्को खेलमा  महाबीर स्टडिज एण्ड एथ्लेटिक्स एसोसियसन र सानेपा क्लब भिड्नेछन्। 

    राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी ११ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहका शीर्ष दुई टोली फाइनल चरणका लागि छनोट हुनेछन्।  प्रतियाेगिताकाे समूह एमा स्वयम्भू क्लब, प्लानिङ ब्वाइज युनाइटेड, ओएसीस क्लब, मनाेहरा आकृत युथ क्लब, सानाे गाैचरन युवा क्लब र सामाजिक युवा क्लब छन्। 

    त्यस्तै समूह बीमा, खालीबारी युवा क्लब, विरजञ्ज युथ एकेडेमी, महाविर स्टडिज एन्ड एथलेटिक्स, सानेपा क्लब र समाज कल्याण खेलकुद केन्द्र रहेका छन्। प्रतियोगिताको विजेताले ५ लाख र उपबिजेताले ३ लाख प्राप्त गर्नेछन्। तेस्रो र चौथो हुने टिमले पनि क्रमशः दुई लाख र एक लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]