अर्थ

इन्फ्रास्ट्रक्चर बैंक सञ्चा‍लनमा, दीर्घकालीन लगानी गर्न अर्थमन्त्रीको आग्रह

फागुन २२, २०७५

    काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक औपचारिक रूपमा सञ्चालनमा आएकाे छ। २९ माघमा राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकको रूपमा वित्तीय कारोबार गर्ने इजाजत पाएसँगै बुधबारबाट औपचरिक रूपमा संचालनमा ल्याएकाे हाे। बैंकमा सरकारसहित केही वाणिज्य बैंक, बिमा कम्पनीहरू, लघुवित्त, नीजि कम्पनीहरूको संयुक्त लगानी रहेको छ। बैंकको सरकारको १० र निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको छ। 

    ४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, ऊर्जा, पर्यटन, सेज, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधी) लगायतको विकासमा काम गर्ने लक्ष्य रहेको छ। बैंकले ८ अर्ब रुपैयाँको सेयर सर्वसाधारणलाई जारी गर्नेछ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको स्वामित्वसमेत रहेको बैंकले अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने बताए। उनले दीर्घकालीन लगानीमा जोड दिनको लागि बैंक संचालकलाई आग्रह गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्देश्यअनुसार बैंक संचालनको लागि आग्रह गरे। 

    बैंकका प्रमख कार्यकारी अधिकृत अनिल ज्ञवालीले ठूलो पूर्वाधारमा बैंकले प्राथमिकता दिने बताए। उनले सातवटै प्रदेशमा कार्यालय स्थपना गरेर काम अघि बढाउने प्रतिक्रिया दिएका छन्।  बैंकको संचालक समितिमध्ये अध्यक्षमा अनुजराज अग्रवाल रहेका छन् भने सदस्यहरूमा मुकुन्दप्रसाद पौडेल, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र नुमनाथ पौडेल रहेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]