समाज

समयमै रंगशाला निर्माण नहुँदा, खेलाडीको मनोबल घट्दो

फागुन २२, २०७५

    काठमाडौं :  नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालामा रहेको दशरथ रंगशाला कहिले बन्छ भन्ने आम चासोको रूपमा रहेको छ। वि.स २०७२ को  भूकम्पका कारण क्षतिग्रस्त भएको रंगशाला पुनःनिर्माणको क्रममा छ। जसका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन। यसबारे बुझ्न थाहा खबर रंगशाला पुगेको थियो। रंगशालाको गेटबाट छिर्नेबितिक्कै सूचना बोर्ड खोज्दा उक्त बोर्ड कवाडी फलामका सामानले छेकिएको थियो। केपि ओली सरकारको गठनपश्चात प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले निर्माण\ पूर्वाधार निकायका प्रमुखहरूलाई निर्माण क्षेत्रमा अनिवार्य सूचना बोर्ड राख्न निर्देशन दिएका थिए। उक्त निर्देशन रंगशालामा पालना गरिएको भए पनि कवाडी सामानले उक्त सूचनाबोर्ड देख्न कठिन हुन्छ।

    रंगशाला निर्माणको अन्तिम अवस्थामा रहेको भनिए पनि रंगशाला निर्माणमा मुख्य काम भिआइपी प्यारापिटमा छानो हाल्न बाँकी छ। भिआइपी प्यारापिट र  साधारण प्यारापिटको तल्लो चार तहको काम पिएल प्रतिष्ठान किरातेश्वर जेभिले गरिरहेको छ। २०७४ वैशाखमा ठेक्का पाएको उसले माघ मसान्त २०७५ मा सक्नुपर्ने थियो। तर कामको सुस्तताले असार मसान्तसम्म काम सकिने राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इन्जिनियर अरुण उपाध्याय बताउँछन्। प्राविधिक कठिनाइ नभएको खण्डमा र सबैको असाढ मसान्त सम्म सम्पूर्ण कार्य सम्पन्न गरिसक्ने उपाध्यायले बताए।

    खेलाडीको मनोबल घट्दै

    सयौँ खेलाडीले अभ्यास गर्ने, नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक लिग सञ्चालन तथा समय समयमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने रंगशाला थलिएको छ।  रंगशाला भत्किदाँ राज्यले बनाउन नसक्दा सम्पूर्ण नेपाली खेलकुदप्रेमीहरू निराश छन्। उस्तै निराश छन् खेलाडी पनि। नेपाली फुटबल टिमका पूर्व- कप्तान हरि खडकाले नेपालको एक मात्र अन्तराष्ट्रिय रंगशाला हालसम्म नबन्नु भनेको सरकारले खेलप्रति कस्तो दृष्टिकोण बनाएको छ भन्ने कुरा स्पष्ट हुने बताए। खड्काले आफू मात्र होइन सम्पूर्ण खेलाडीहरू रंगशालाको हविगत देख्दा निराश बनेको बताउँछन्।  

    वि.स २०५०\५१ बाट अण्डर सिक्टिन फुटबल फुटबल खेल्न पहिलोचोटि दरशथ रंगशाला छिरेका खड्का त्यसपछिका धेरै राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय फुटबल प्रतियोगितामा दशरथ रंगशालामा खेलेका छन्। एक मात्र अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य ढिलाइ भइरहँदा नयाँ तथा पुराना पुस्ताको खेलाडीहरूको मनोबल कमजोर हुँदै गएको उनी बताउँछन्।

    दशरथ रंगशालाको इतिहास

    दशरथ रंगशालाको निर्मामा २०१३ सालमा सुरु भएको थियो। रंगशालालाई सानो टुँडिखेलको नामले परिचित रहेको थियो।  धेरैलाई अपत्यारिलो लाग्न सक्छ दशरथ रंगशालाको निर्माण २०१३ सालमा तत्कालीन राजा महेन्दको राज्यभिषेक अगाडि सुरु भएको थियो। २०१३ सालभन्दा अगाडि हाल रंगशाला परिषरमा रहेको कभर्ड हलको खाली मैदानमा सार्वजनिक रूपमा फुटबल खेलिन्थ्यो।

    त्यो सानो टुँडिखेलको नामले परिचित थियो। अहिलेको फुटबल मैदान भएको ठाउँमा त्यतिबेला ठूलो खाल्डो थियो। त्यहाँ पोखरी पनि थियो।२०३४ सालमा शरदचन्द्र शाहको राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिव नियुक्त भएपछि रंगशालाको संरचनामा अझै सुधार आयो। रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन २०३५ सालदेखि निर्माण कार्य सुरु गरेर ०३७ सालमा पूरा गरियो। दशरथ रंगशालाको हालको स्वरूप भने २०५५ सालमा तयार भएको हो। 

     

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]