राजनीति

प्रधानमन्त्री ओली सिसियुमा

फागुन २२, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको दोस्रो तलामा सिसियुमा भर्ना गरिएको उनको उपचारमा संलग्न डा. अरुण सायामीले बताएका छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको तर विशेष रेखेदेख र अस्पतालमा भेट्न आउनेको घुइँचो लाग्ने नदिन उनलाई सिसियुमा राखिएको उनले बताएका हुन्।

    बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्री चिकित्सकहरूको सुझावअनुसार अस्पतालमा भर्ना भएका हुन्। पछिल्ला केही घटनाले स्वास्थ्य सिथिल बनेको भन्दै चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना भएर आराम गर्ने सुझाएका थिए।

    डा. सायमीले प्रधानमन्त्री ओलीको किड्नी, मुटुलगायतको परीक्षण गरिएको र त्यसको भोलि (बिहीबार) बिहानसम्ममा रिपोर्ट आउने बताए। पछिल्ला दिनमा प्रधानमन्त्रीले दौडधुप धेरै गर्नुका साथै पर्यटन मन्त्री रवीन्द्र अधिकारीको दुर्घटना र पूर्व-उपप्रधान तथा अर्थमन्त्री भरतमोहनको निधनले उनी तनावमा रहेको उनको भनाइ छ।

    'उहाँको स्वास्थ्य चेक नगरेको धेरै दिन भएकाले नियमित स्वास्थ्य चेकअपका लागि आउनु भएको हो। किड्न ट्रान्सप्लान्ट गरेको बिरामीको रेगुलर चेकअप गर्नुपर्ने हुन्छ' उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने, 'प्रधानमन्त्रीले बाहिर गएर गर्नुपर्ने सम्पूर्ण चेकअप यहिँ गरिएको छ।' अस्पताल भर्ना गराएर एक दिन आराम गर्न लगाएको भन्दै उनले रिपोर्ट आएपछि बिहीबार नै डिस्चार्ज हुन सक्ने बताए।

    यसअघि पनि प्रधानमन्त्री ओलीले उक्त संस्थानमा उपचार गराएका थिए। गत कात्तिकमा उनको स्वास्थमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। पाँच दिनको उपचारपछि उनको डिस्चार्ज भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]