काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभाग...
धनुषा : मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा विधिवत रुपमा शुरु भएको छ। नेपालकै सबैभन्दा लामो दुरीको पैदल यात्रा मानिने मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिकाको ठेरा कचुरीको मठबाट सुरु भएको डोला बिभिन्न १५ स्थानमा विश्राम गर्दै परिक्रमा घुम्ने गर्दछ।
फागुन कृष्णपक्षको औंसी तिथि देखी शुरु हुने मिथिला मध्यमा परिक्रमामा सहभागी हुन हजारौं श्रद्धालु जनकपुरधाम आई परिक्रममा सहभागि हुन्छन् । मिथिलाको महाकुम्भ मानिएको मिथिला मध्यमा परिक्रमाको पहिलो दिन श्रद्धालुहरुले जनकपुरधामको हनुमानगढीमा विश्राम गर्दछन्।
यस्तै, दोस्रो दिन प्रतिपदा तिथिमा भारतको कलना पुगेर श्रद्धालुहरुले विश्राम गरेपछी परिक्रमाको औपचारिक शुरुवात हुन्छ। १५ दिने मिथिला मध्यमा परिक्रमामा नेपाल र भारतका श्रद्धालुहरु समेत सहभागि हुने गर्दछन्। परिक्रमामा सहभागि हुँदा १०८ तिर्थ बराबरको फल प्राप्त हुने जनविश्वासले हजारौं साधु–सन्त तथा महन्तहरु परिक्रमामा सहभागी हुन्छन्। मिथिला बिहारी (रामजानकी) को डोलासंगै श्रद्धालुले गर्ने परिक्रमामा नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर सहित कुल १ सय ३३ किलोमिटरको यात्रा गर्ने गर्छन्।
१५ दिनमा १५ स्थानमा विश्राम
एक सय ३३ किलोेमिटरको मिथिला मध्यममा परिक्रमा १५ दिनको हुन्छ, भने १५ दिनमा १५ स्थानमा श्रद्धालुले राती वास बस्छन्। पहिलो दिन धनुषाको ठेराकचुरीबाट मिथिला विहारीको डोला लिएर निस्केका श्रद्धालुहरु जनकपुरको हनुमानगढीमा भेला भएपछी राती विश्राम गर्छन। भोली पल्ट हनुमाननगरबाट १३ किलोमिटर उत्तर पुर्वी क्षेत्रमा पर्ने भारतको कलाणेश्वर पुगेपछी परिक्रमाको औपचारिक शुरुवात हुन्छ।
भारतको कल्याणेश्वर विश्रामपछी दोस्रो दिन भारतकै गिरिजा स्थानमा परिक्रमा सहभागीले बास बस्छन्। यस्तै परिक्रमाको तेस्रो दिन र नेपालको दोस्रो स्थानमा महोत्तरीको मटिहानीमा विश्राम गर्दै तेस्रो स्थानमा जलेश्वर, चौथोमा मड़ै तथा पाँचौ स्थानमा ध्रुवकुण्डमा परिक्रमाका यात्रीले विश्राम गर्दछन्।
यस्तै, छैठौँ मा कञ्चनवनमा विश्राम गर्दै यात्रीहरुले होली खेल्ने परम्परा रहेको छ। त्रेता युगमा भगवान रामसीताले कञ्चनवनमा होली खेलेको जनविश्वासका आधारमा परिक्रमा सहभागीले होली खेल्ने परम्परा रही आएको महन्थ नवल किशोर यादव बताउछन्।
महोतरीको कंचनवनमा होली खेल्दै सातौँ दिन धनुषा प्रवेशसंगै क्षिरेश्वरनाथ महादेवको दर्शन सहित श्रद्धालुहरु पर्वतामा विश्राम गर्दछन्। यस्तै आठौँं स्थानमा धनुषाधाम, नवौंँ स्थानमा सतोषर हुँदै दशौँं स्थानमा औरही, एगाह्रौँंमा करुणा, बाह्रौँं स्थानमा भारतको बिसौल पुगेर यात्रीहरु बास बस्छन्।
बिसौल विश्रामको भोलीपल्ट तेह्रौँ दिन कलाणेश्वर पुगेपछी परिक्रमा पुर्ण हुन्छ। अन्त्यमा जनकपुरधाम पुग्दै मिथिला विहारीको डोला र किशोरी जीको डोला १५ किलोमिटर भित्र रहेको जनकपुरधामको परिक्रमा गर्दै घर फर्कने परम्परा रहेको छ। र होली खेल्दै परिक्रमाको अन्त्य हुन्छ।
परिक्रमाको प्रारम्भ
परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा उल्लेख नरहेपनि भगवान गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवको परिक्रमा गरिएको जनविश्वास छ। र यही जनविश्वासका आधारमा मिथिलाञ्चलमा पर्ने महादेव मन्दिर तथा शिवालयको परिक्रमा गर्ने गरिनछ। मध्यमा परिक्रमालाई एउटा उत्सवको रुपमा मनाईन्छ। यस परिक्रमामा खास गरी आफ्नो अराध्य देव र देवी तथा पुण्य भूमिको यात्रा गरिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।