छापा

यो वर्ष कोरियाले १० हजार नेपाली कामदार लैजाने

फागुन २७, २०७५

    काठमाडौं : दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ।

    सन् २००८ बाट रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले यस पटक सबैभन्दा बढी कोटा तोकेको हो भन्ने खबर कान्तिपुर दैनिकमा छ।

    वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ। कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो।

    कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ। कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर खर्च हुन्छ।  ‘अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको छ’ ईपीएस कार्यालयका एक अधिकारीले भने ‘ नियमित तालिकाअनुसार परीक्षा लिइनेछ।’ नेपालले पारदर्शी ढंगले कामदार भर्नामा सहयोग गरेको भन्दै कोरिया सरकारले अवाई दिइसकेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]