समाज

सप्तरीका आगलागी पीडितहरूको बिचल्ली

फागुन २८, २०७५

    लहान : सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका २ का चार परिवार आगलागी पीडितहरू बिचल्लीमा परेका छन्। आगलागीमा घरसहित सम्पूर्ण सामान जलेर खरानी भएपछि आगलागी पीडितहरू बिचल्लीमा परेका हुन्।

    विद्युत सट भएर आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको पीडितहरूले बताए। आगलागीमा स्थानीय मिश्रीलाल चौधरी, चम्पीलाल चौधरी, बचकुन चौधरी तथा दुर्गानन्द चौधरीको घरसँगै अन्नपात, भाँडावर्तन, फर्निचर, नगद, गरगहना, लत्ताकपडा जल्नुका साथै छ वटा घर र टहरा जलेपछि पीडितहरू खुल्ला आकाशमुनि बस्न बाध्य छन्।

    आगोले घरसहित सबै जलेपछि पछिल्लो तीन दिनदेखि राम्ररी चुलोसमेत नबलेको पीडितहरूको दुःखेसो छ। ‘नातिको विवाहका लागि जुटाएर राखेको नगद ९५ हजार, एक तोला सुन, चाँदी समेत आगोमा जल्यो’ मिश्रीलालकी पत्नी ७३ वर्षीया पत्नी मंगलीदेवी थरूनीले भनिन् ‘आगलागीपछि दैनिक गुजारा गर्न पनि कठिनाई भएको छ, कसरी नातिको विवाह गर्ने?’

    गाउँपालिकाको राहत

    आगलागी पीडितहरूलाई अग्निसाइर कृष्णासवरन गाउँपालिकाले नगद, त्रिपाल, चिउरा, मुरही, नुन तेल, मसला लगायतका तत्कालीन राहतका सामग्री वितरण गरेको छ। गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी नेतृत्वको टोलीले आइतबार पीडितहरूको घरमै पुगेर राहत बाँडेको हो।

    गाउँपालिका अध्यक्ष चौधरीले मिश्रीलालको परिवारलाई नगद १५ हजार, एक थान त्रिपाल, २५ किलो चामल, ३० किलो चिउरा, १० किलो मुरही, नुन, तेल, मसला लगतयतका सामग्री दिएको छ। गाउँपालिकाले चम्पीलाल र बचकुनको परिवारलाई नगद पाँच हजार, एक थान त्रिपाल,  पाँच किलो चामाल, नुन, तेल मसला लगायतका राहत सामग्री वितरण गरेको छ।

                                                                                  

    तार सट हुँदा आगलागी

    बजुलीको तार सट हुँदा शनिबार अपरान्ह भएको आगलागी राजविराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको वारुण यन्त्र, इलाका प्रहरी कार्यालय महुली, सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प सीतापुरका सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिब तीन घण्टापछि नियन्त्रण आएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]