काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा एउटा प्रतियोगितामा ५२३ को रेकर्ड बनेको छ। गएराति भएको ख...
इलाम :अन्तर्राष्ट्रिय माइभ्याली गोल्डकप फुटबलमा बुधबार थ्रीस्टार र हिमालयन शेर्पा क्लब भिड्दैछन्। खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ।
यसअघि मंगलबार भएको पहिलो क्वार्टरफाइनलमा भारतको युनाइटेड दार्जिलिङ क्लबलाई २–१ गोलले हराउँदै नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताका विजेताले सात लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पुरस्कार प्राप्त गर्नेछन्। गोल्डकपको पहिलो संस्करण आर्मीले जितेको थियो। दोस्रो र तेस्रो संस्करण मोफसलको सफल मानिएको टिम झापा–११ ले जितेको थियो। चौथो संस्करणमा मनाङ मस्याङदीलाई हराउँदै थ्रीस्टारले उपाधि आफनो पक्षमा पारेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।