काठमाडौँ : राष्ट्रिय राजनीतिमा भीम रावल एउटा चिरपरिचित नाम हो। राष्ट्रिय हित प्रतिकूलका मुद्दामा खरो रुपमा उत्रिने छवि बनाएका उनी...
काठमाडौं : प्रतिनिधिसभा बैठकमा मन्त्री–सांसद मौखिक प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो १२ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदले सम्बन्धित मन्त्रीसँग मौखिक प्रश्न सोध्ने कार्यसूची तय भएको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।
वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र अर्थमन्त्री डा.युवराज खतिवडाले सांसदले सोधेका प्रश्नको जवाफ दिनेछन्। एक मन्त्रीलाई बढीमा १० वटा प्रश्न सोध्न सकिने अर्यालले बताए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट निर्वाचन आयोगको आर्थिक वर्ष २०७४\०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले 'पारमाणविक विधेयक, माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।