समाज : सुरक्षा/अपराध

भरतपुर बम विष्फोट : ६ जना पक्राउ

फागुन २९, २०७५

    चितवन : भरतपुर महानगरपालिका वडा नम्बर ५ कार्यालयमा सिलिण्डर बम विस्फोट गराएको आशंकामा छ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। उनीहरुलाई भरतपुबाट नियन्त्रणमा लिइएको हो। 

    मंगलवार राति साढे १२ बजे भएको शक्तिशाली सिलिण्डर बम विस्फोटबाट तोरीखेतमा रहेको वडा कार्यालय भवनमा क्षति पुगेको छ। विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालय भवनमा क्षति पुग्नुका साथै कागजपत्र जलेका छन्, झ्यालका सिसा फुटेको छ।

    विस्फोट कस्ले गराएको भन्नेबारे नखुले पनि विप्लव समूहले गराएको हुनसक्ने आशंका प्रहरीको छ।

    जनप्रतिनिधि चिन्तित

    बम विस्फोटको घटनापछि जनप्रतिनिधिहरुले असुरक्षित महसुस गरेका छन्। उनीहरु सुरक्षा चुनौतीलाई लिएर चिन्तित बनेका छन्। 

    भरतपुर महानगरपालिकाले घटनाप्रति दुःख व्यक्त गरेको छ। महानगरका प्रमुख रेणु दाहालले विस्फोट जसले गराए पनि जनताको सेवाका लागि खुलेका कार्यालयमा क्षति पुर्याएर राम्रो नगरेको प्रतिक्रया दिइन्। उनले भनिन्, ‘घटनामा जसको संलग्नता भए पनि कडा का।वाही हुनुपर्छ।’

    वडा नम्बर ८ का अध्यक्ष दामोदार न्यौपानेले भयरहित जनताको सेवा गर्ने वातावणमा निर्माण गर्नुपर्ने बताए। समस्या भए पनि शान्तिपूर्ण तवरबाट, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्नेमा उनको जोड छ। 

    वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काप्mलेले हिंसाको बाटोबाट निकास ननिस्कने भएकाले जो भए पनि वार्ता, छलफल, सहमतिबाटै निकास निकाल्नुपर्ने बताए। विस्फोट गराइएको वडा नम्बर ५ का अध्यक्ष पदमपाणि सुवेदी भने अहिले दक्षिण कोरियामा रहेका छन्। सुवेदी महानगरको कार्यक्रमअनुसार कोरिया गएको महानगरले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]