समाज

सडक नै ढाक्नेगरी पार्किङ, सरोकारवाला निकाय मौन

फागुन २९, २०७५

    बाँके : नेपालगन्ज उपमहानगरपालिकामा सवारीसाधन पार्किङ समस्या जटिल बन्दै गएको छ। सपिङ मल, अस्पताल र ब्यापारिक प्रयोजनका लागि बनेका भवनमा समेत पार्किङ स्थलको ब्यवस्था नहुँदा किनमेल तथा होटलमा खाना, खाजा, नास्ताका लागि जानेहरु सडक छेउमा सवारी साधन गर्न बाध्य भएका छन्।

    चालकले सडक छेउमा जथाभावी पार्किङ गर्दा सडक अस्तब्यस्त भई सडक जाम हुने गरेका छन्। सडक फराकिलो सँगै पार्किङलाई पनि ब्यवस्थित गर्नुपर्ने सर्वसाधारणको माग छ। ‘सडक फराकिलो गरेरमात्र हुँदैन, ब्यवस्थित पनि गर्नु प¥यो,’ नेपालगन्ज उपमहानगरपालिका–१३ का पूर्णप्रकाश डाँगीले भने।

    उनले जथाभावी पार्किङ गर्दा आउजारमा समस्या भएको बताए। उनले नेपालगन्जका अधिकांश सडक फराकिलोसँगै कालोपत्रे भए पनि जथाभावी पार्किङ गर्दा पहिलेको जस्तै साँघुरो लाग्ने गरेको बताए। ‘सडक फराकिलो भएर मात्र के गर्ने जथाभावी पार्किङ गर्दा सवारी साधन चलाउन मुस्किल पर्छ,’ उनले भने।

    सवारी साधन र मानिसको जनसंख्या बृद्धिले नेपालगन्जका सडक साँघुरा भएपछि एशियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा एकीकृत शहरी विकास आयोजना लागू भएको छ।

    उक्त योजनाले सवारी चापले अस्तब्यस्त बनेको सडक लाइनलाई ब्यवस्थित बनाउन फराकिलो सँगै कालोपत्रे गरेको छ। दुई लेनको सुर्खेतरोड ६ लेनको बनाइएको छ। तर, फराकिलो सडकको फाइदा उठाउँदै सदरलाइनका ब्यापारी, किनमेल गर्ने सर्वसाधारणले सडकलाई पार्किङ स्थल बनाएका छन्। जसले आवतजावत गर्ने सर्वसाधारणलाई सास्ती भएको छ।

    जेब्राक्रसिङमा साइकल पार्किङ गर्दा समेत त्रिभुवन चोकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरी मुकदर्शक भएर हेर्ने गरेका छन्। नेपालगन्ज उपमहानगरपालिकाले पार्किङका लागि सडक छेउमा ब्यवस्था गरे पनि त्यसको उलंघन गरेर पाकिङ हुँदा समेत उपमहानगरपालिका र प्रहरी निरिह भएर बसेको सर्वसाधारणले गुनासो गरेका छन्।

    त्यसैगरि, सर्खेतरोडमा पनि आधा सडक च्यापेर सवारी साधन पार्किङ हुने गरेको छ। अस्पताल, बैंक र होटल आसपासका सडकमा नियम उलंघन गरेर पार्किङ हुने गरेको नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीका दिनेश थापाले बताए। ‘सडक च्यापेर पार्किङ गर्दासमेत सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन, यसले सर्वसाधारणलाई आउजाउमा समस्या भएको छ,’ उनले भने।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]