काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले त्रिविमा ७ हजार ६७४ जना कर्मचारी रहेको जनाएको छ। त्रिविका उपकुलपति प्राडा केशरजंग बरा...
गुल्मी : गुल्मीका जनप्रतिनिधिहरुले राज्य कोषबाट दोहोरो सुविधा लिएर दोहन गरेको समाचार थाहाखबर डट कममा प्रकाशन भएपछि जनप्रतिनिधिहरूले दोहोरो सुविधा वापतको रकम फिर्ता गरेका छन्।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भरतलाल थापा पूर्व निजामती कर्मचारी भएको र उनले नेपाल सरकारकार बाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिदै आएका थिए। यस्तै सोही गाउँपालिकाका वडा नं ६ हरेवाका वडा अध्यक्ष गोकर्ण प्रसाद शर्माले पूर्व शिक्षक भएकाले नेपाल सरकारबाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिँदै आएका थिए।
अध्यक्ष द्वयले शुक्रबार चन्द्रकोट गाउँपालिकाबाट लिएको मध्ये भरतलाल थापाले २ लाख ३७ हजार छपन्न रुपैयाँ र गोकर्ण प्रसाद शर्माले २ लाख चारहजार ४ सय १६ रुपैयाँ गाउँपालिकाको संचित खातामा जम्मा गरिदिएको गाउँपालिकाका सूचना अधिकारी वसन्त रावतले जानकारी दिए।
संघीय तथा प्रदेश ५ को कानुनअनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारको सेवाबाट अवकाश लिई यस्तो सरकार वा तहबाट निबृत्तिभरण पाइरहेको व्यक्ति वा पदाधिकारी , सदस्य वा सभा सदस्यले मासिक सुबिधा वा निबृत्तिभरण मध्ये कुनै एक मात्र सेवा लिन पाउने स्पस्ट उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।