काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महान...
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालीका, १ बनकसवासामा भीषण आगलागी भएको छ। आगलागीवाट ४ घर र ३ वटा गोठ जलेर पूर्णरूपमा नष्ट भएका छन्।
शुक्रबार दिउँसो एक बजेबाट लागेको आगोले स्थानीय रमेश नेपाली, प्रदीप नेपाली, धनबहादुर नेपाली र पूर्णबहादुर नेपालीको घर पूर्णरूपमा जलेको वडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको छ।
घर नजिकै परालको मांचवाट सल्किएको आगलागीवाट करिब ५ लाख रुपैयाँको क्षति भएको बताइएको छ। घरसँगै गोठमा लागेको आगोमा परी केही पशुचौपायासमेत मरेको स्थानीयले बताएका छन्। आगलागीबाट घरभित्र रहेको अन्न लताकपडा, नगद र जिन्सी पूर्णरूपमा जलेर नष्ट भएको छ।
दिउँसो घरमा कोही नभएको समयमा आगलागी भएकाले धेरै क्षति हुन पुगेको स्थानीवासीले बताएका छन्। आगो प्रहरी, शसस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा साझ ५ बजे मात्र नियन्त्रणमा आएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।