बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
हेटौँडा : मकवानपुरमा बर्डफ्लूको पुष्टि भएपछि करिब ४१ हजार कुखुरा नष्ट गरिने भएको छ।
शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको बैठकले बर्डफ्लूबाट प्रभावित हेटौँडाका २८ वटा कुखुरा फर्मबाट कुखुरा नष्ट गर्नेगरी निर्णय गरेको छ। ‘मकवानपुरको हेटौँडा–७ मा बर्डफ्लुको पुष्टी भएपछि बिहीबार सरोकारवालाहरूसँग छलफल गरेर त्यहाँको कुखुरा निर्यातमा रोक लगायौँ र आजको बैठकले त्यहाँका फर्ममा रहेको कुखुरा नष्ट गर्ने निर्णय गरेको छ’, उनले भने।
उनका अनुसार एउटा समिति निर्माण गरिएको छ र उनीहरूकै अगुवाइमा कुखुरा नष्ट गरिने काम सुरु गरिने छ। हेटौँडा ७ मा रहेको ४८ वटा फर्म मध्ये २८ वटा फर्ममा मात्रै कुखुरा बाँकी रहेको र उक्त फर्मको कुखुरा नष्ट गरिने प्रजिअ तामाङले बताए। क्षतिपूर्तीको विषयमा भने शनिबार बिहान कति दिने भनेर तय उनले बताए।
साथै हेटौंडा ७ भन्दा बाहेकका क्षेत्रमा पनि नमूना संकलन गरेर बर्डफ्लू भएको भेटिएमा कुखुरा नष्ट गरिनेगरी निर्णय भएको उनको भनाई छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।