काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
ओखलढुंगा : ओखलढुंगामा अहेब सरुवाको माग गर्दै स्थानीय सर्वसाधारणले वडा कार्यलयमा हस्तारक्षरसहित निवेदन दर्ता गराएका छन्। सुनकोशी गाउँपालिका ७ च्यानमस्थित च्यानम स्वास्थ्य चौकीका अहेब मोहन बानियाँलाई सरुवा गर्न माग गर्दै १ सय ६८ जना स्थानीयले हस्ताक्षरसहितको निवेदन वडा कार्यलयमा दर्ता गराएका हुन्।
अहेब बानियाँले सेवा लिन जाने सर्वासाधारणलाई गालीगलौज गर्ने गरेको, सरकारीस्तरबाट निःशुल्क रूपमा पाइने औषधि बेचबिखन गरेको स्थानीयले आरोप लगाएका छन्। स्वास्थ्य चौकीमा सेवा लिन पुग्ने सेवाग्राहीलाई गालीगलौज गर्दै औषधि बेच्ने गरेको स्थानीय टीका कट्वालको भनाई छ। अहेबले च्यानमबासीलाई आफूलाई देखी नसहेको भन्दै सबै सर्वसाधारणलाई गाली गर्ने गरेको कट्वालले बताए।
स्वास्थ्य चौकीमा सेवाका लागि पुग्ने गरेका सर्वसाधारणलाई सुलभ सेवाभन्दा पनि झर्किफर्की तथा गालीगलौजले दिक्क बनाउने गरेको सोही स्थानका अर्का स्थानीय सञ्जिव खत्रीले गुनासो गरे। अहेब बानियाँले बिरामीलाई औषधि वितरणमा समेत लापरबाही गर्ने गरेको खत्रीको आरोप छ।
तर, अहेब बानियाँले भने स्थानीयले झुटो आरोप लगाएको बताएका छन्। उनले कार्यलय प्रमुख सुबोध यादवसँग आफ्नो सामान्य विवाद भएकाले उनकै पक्षमा स्थानीय उत्रेको समेत आरोप लगाए।
अहेव बानिँयाले केही समय अघिसम्म आफ्नो कोठाबाट औषधि बेचेको बताउँदै स्थानीयको दबावमा अहिले भने पूर्ण रूपमा छाडिसकेको बताए। उनले स्थानीयको आरोपलाई सत्यतथ्य रूपमा छानबिन हुनुपर्ने र छानबिनपछि आफू दोषी ठहर भए कारबाही भोग्नसमेत तयार हुने बताए।
अहेब विरुद्धको उजुरीबारे वडाअध्यक्ष श्यामबहादुर कट्वालले स्वास्थ्य चौकीका प्रमुख, अहेब र स्थानीयकाबीच छलफल गर्ने बताएका छन्। उनले सर्वपक्षीय छलफलपछि अहेब दोषी पाइए कारबाही हुने जानकारी गराए।
यता स्वास्थ्य चौकी प्रमुख सुबोध यादवले अहेब बानियाँको कार्यशैली चित्तबुझ्दो नभएको बताउँदै अहेब बानियाँले यसअघि कोठाबाट औषधि बेच्ने गरेको पाइएको समेत बताए। उनले अहेब बानियाँसँग कुनै किसिमको दुस्मनी नरहेको तर कोठाबाट औषधि बेच्ने गरेको पाइएपछि स्थानीयले उनीमाथि कारबाही गर्न माग गरेका बताए।
यता जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुबेदीले जिल्लाका संचारमाध्ययमले बिनाप्रमाण समाचार सम्प्रेशण गरेको आरोप लगाउँदै बानियाँको पक्षमा वकलात गर्दै जिल्लास्थित पत्रकार र संचारकर्मीलाई त्यस्तो आधारहिन समाचार नलेख्न आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।