समाज

प्रोत्साहन भत्ता कटौती गरेको भन्दै तालाबन्दी

चैत ४, २०७५

    रामेछाप : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रामेछाप जिल्लामा कार्यरत प्राविधिकहरुले राष्ट्रिय पुन: निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाईको कार्यालयमा तालाबन्दी गरेका छन्। पुनर्निर्माण कार्यक्रम अन्तर्गत कार्यक्षेत्रमा खटिएका प्राविधिकहरुलाई नेपाल सरकारले दिंदै आएको भत्ता र प्रोत्साहन भत्ता वापतको रकम कटौती गरेको विषयलाई लिएर आन्दोलन गर्दै आएका प्राविधिकहरुले जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालयमा तालाबन्दी गरेका हुन्। 

    पुन: निर्माणको काममा गाउँगाउँमा खटिएका प्राविधिकहरुको सरकारले स्वास्थ्य विमा गरिदिनुपर्ने, सरकारले दिंदै आएको भत्ता र पोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने र कार्यक्षेत्रमा प्राविधिकमाथि हुने जोखिममा सरकारले सुक्षा ब्यवस्था मिलाउनु पर्ने प्राविधिक नृपेश सापकोटाको भनाई छ। 

    रामेछाप जिल्लामा कार्यरत पुन : निर्माण कार्यक्रम अन्तर्गतका प्राविधिकहरुले संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन्। आफूहरुले खाइपाई आएको तलब भत्ता र प्रोत्साहक भत्ता सरकारले कटौटी गरेकाले कार्यालयमा तालाबन्दीसम्म गर्न बाध्य भएको संघर्ष समितिका संयोजक इञ्जिनीयर अरुण महतोले बताए। 
    गाउँगाउँको कार्यक्षेत्रमा खटिएका प्राविधिकहरुलाई सरकारले भत्ता र प्रोत्साहन भत्ता दिने आश्वासन दिए पनि विगत ९ महिनादेखि भत्ता दिएको छैन।

    प्राविधिकहरुले उठाएको मागहरु जायज भएनभएको पहिचान गरेर सरकारले समस्याको संवोधन गर्नुपर्ने पुन: निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख प्रभाकरलाल कर्णले बताए। तालाबन्दी गरेर माग पूरा नहुने भन्दै तालाबन्दी गर्नेजस्ता काम नगर्न पनि उनले प्राविधिकहरुलाई आग्रह गरे। प्राविधिकहरुले आन्दोलन गर्दा पुनर्निर्माणको काम प्रभावित हुने भएकाले आन्दोलनको कार्यक्रम छोडेर आफ्नो माग सम्बोधन गराउनको लागि अन्य विकल्पमा लाग्न पनि कर्णले आग्रह गरे। 

    आफूहरुको माग पूरा नभएसम्म ताला नखोल्ने र काम पनि पूर्णरुपमा बन्द गराउँने प्राविधिकहरुको भनाई छ। रामेछाप जिल्लाको २ नगरपालिका र ६ गाउँपालिकामा गरि १ सय ६८ जना प्राविधिकहरु कार्यरत छन्।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]