विश्व

अफगान सैनिक कारबाहीमा ३९ लडाकुको मृत्यु

चैत ४, २०७५

    अफगानिस्तानको विभिन्न ठाउँमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा ३९ लडाकू मारिएका छन्। अशान्त रहेको देशको उत्तरी फर्याब र कुन्दुज प्रान्तमा उनीहरु मारिएको सैन्य श्रोतले सोमबार जनाएको छ। 

    मारिएका सवै जना तालिबान लडाकू रहेका श्रोतको दावी छ। श्रोतका अनुसार कारबाहीका क्रममा अरु दश जना घाइते पनि भएका छन्। अफगान हवाई सुरक्षा फौजले फर्याबको क्वयसार जिल्लामा रहेको तालिबान लडाकूहरुको अखडामा विस्फोटन गराएको थियो। 

    आइतबार राति गराइएको सो विष्फोटनमा परी २८ भन्दा बढी लडाकू मारिएका हुन् भने अरु आठ जना घाइते भएको सरकारी सेनाका एक जना प्रवक्ता हानिफ रेजैले जानकारी दिए। 

    यसअघि तालिबान लडाकूहरुले क्वयसारमा रहेको सुरक्षा चौकीमा शनिबार राती आक्रमण गरेका थिए। आक्रमणमा परी २१ जना सैनिक र प्रहरी मारिएका थिए भने अरु दश जना घाइते भएका थिए। सोही घटनाको जवाफी कारबाही स्वरुप सुरक्षा फौजले आइतबार आक्रमण गरेको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]