अर्थ

प्रधानमन्त्री दम्पतीले किने त्रिशूली थ्री बीको दश दश हजार कित्ता सेयर

चैत ७, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युधको सेयरधनी’ अन्तर्गत बिहीबार त्रिशुली–३ 'बी' को १० हजार कित्ता खरिद गरेर कार्यक्रमको उद्घाटन गरेका छन्।

    उनले आफ्नो देश आफैँ बनाउ भन्दै सम्पूर्ण देशवासीलाई विद्युतको शेयर खरिद गर्न पनि आह्वानसमेत गरे।  सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ अभ्यासको थालनी भएको भन्दै यस प्रकारका अझै धेरै कार्यक्रम आउने र अरुको हात थाप्न नपर्ने अवस्थामा सबै नेपालीलाई पुर्‍याउने दाबी गरे। 

    स्वाभिमानी नेपालीले देश निर्माण गर्छ भन्दै प्रधानमन्त्री ओलीले देशभित्रकै पुँजीलाई संकलन गरेर देश निर्माणमा लगाइने प्रतिवद्धता जनाए। सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ता सेयर खरिद गरिन्। ऊर्जामन्त्री वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीले एक एक हजार कित्ता सेयर खरिद गरे। त्रिशूली–३ बी जलविद्युत आयोजनको लागि शेयर चैत ११ सम्मका लागि सर्वसाधारणका लागि आवेदन खुला रहने छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]