समाज

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चैत ९, २०७५

    दाङ : दाङमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा९७प ८५६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दंगिशरण गाउँपालिका ६ थपगाउँ निवासी १८ वर्षीय गोरख चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। चौधरीलाई राप्ती प्रादेशिक अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

    त्यसैगरी, मृतकका आफन्त तथा स्थानीयहरूले परिवारलाई उचित  क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै बिहानदेखि दाङ-सुर्खेत सडकखण्ड अबरुद्ध गरेका थिए भने मृतकका आफ्न्त तथा पिकअप व्यवसायीबीच कानुनबमोजिम मृतकका परिवारलाई राहत प्रदान गर्ने र मोटरसाइकल मर्मत गर्ने सहमति भएपछि दिउँसो करिब ३ बजेदेखि सडक संचालनमा आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]