राजनीति

सरकार असफलतातर्फ गयो : डा. भट्टराई

फाइल फोटो
चैत ११, २०७५

    काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताएका छन।

    डा. भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढदै गएको, विकास खर्च समेत लक्ष्यअनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतातर्फ उन्मुख हुन गएको बताएका हुन।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारको एक वर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको दाबी गरेका हुन। संयोजक भट्टराईले जनताको अपेक्षाअनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको आरोप लगाएका हुन।

    संयोजक भट्टराईले वर्तमान सरकारले वैदेशिक सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको बताएका छन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]