स्वास्थ्य

बालकको मृत्यु भएपछि आम्दा मेची अस्पतालमा दिनभर तनावग्रस्त

चैत ११, २०७५

    भद्रपुर, (झापा) : चिकित्सकको लापरवाहीले १० वर्षीय बालकको मृत्यु भएको भन्दै मेचीनगर १० स्थित आम्दा मेची अस्पताल परिसर सोमबार दिनभर तनावग्रस्त बन्याे। पीडितका आफन्तजन र गाउँले चिकित्सकसहित अस्पताल प्रशासनविरुद्ध चर्को नाराबाजीमा उत्रिएपछि अस्पताल परिसर दिनभर तनावग्रस्त बनेको हो।

    पीडितका पक्षबाट सयौंको संख्यामा भेलामा भएका गाउँबासीले अस्पताल घेराउ गर्दै घटनाको सत्य तथ्य छानविन गरी दोषी चिकित्सकलाई कडा कारवाहीको माग गर्दै आन्दोलित बनेका थिए। यता अस्पतालमा तनावग्रस्त बनेपछि स्थानीयको भीड नियन्त्रण गर्न अस्पताल परिसरमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षाकर्मी परिचालन गर्दा अस्पताल ठूलो क्षति हुनबाट जोगिएको छ।

    घटना विवरण अनुसार मेचीनगर ९ बस्ने १० वर्षीय बालक गोपाल रिजाललाई सामान्य वान्ता आएपछि उपचारका आम्दा मेची अस्पताल ल्याइएको थियो।अस्पतालका चिकित्सकले बालक बिरामी अवस्था बुझ्न नसक्दा उनको मृत्यु भएको थियो। उपचारमा संलग्न चिकित्सक युवराज रोयको लापरवाहीले छोराको मृत्यु भएको बुबा नकुल रिजालको आरोप छ। उपचार गर्न नसक्ने जानकारी चिकित्सकले समयमा नगराउँदा आफूले एक्लो छोरो गुमाउनु परेको उनको भनाई छ। छोरोलाई औषधि र सुई बढी दिइएको घटनाक्रम सुनाउँदै उनले भने, ‘छोरोको अवस्था सामान्य थियो, चिकित्सकले धेरै वटा सुई लगाएपछि छोरो अचानक बेहोस भयो।’ 

    आइतबार बिहान अस्पताल भर्ना गरिएका बालकको दिउँसोसम्म स्वास्थ्यमा सुधार आएपनि राति करिब २ बजेतिर अचानक स्वास्थ्य अवस्था जटिल बनेको थियो। ‘अस्पतालले बालकको अवस्था जटिल बन्दै गएको भनि उपचार संलग्न चिकित्सकलाई राति नै जानकारी गराएको थियो’, उनले भने, ‘तर ‘चिकित्सकले चिसोका कारणले त्यस्तो भएकोले पंखा बन्द गर्न आग्रह गरे।’ बालकको उपचारमा डा.पोषणरमण त्रिपाठी, युवराज रोय र दीपक साह संलग्न थिए। उपचारमा संलग्न मध्येका डा त्रिपाठीले भने,‘आफू उपचारमा संंलग्न रहुञ्जेलसम्म बालकको अवस्था सामान्य थियो।’ 

    पोष्टमार्टम रिपोर्ट नआएसम्म यस घटना बारे केहि भन्ने नमिल्ने उनको भनाई छ। ‘उपचारका क्रममा छोरोले फिँज काढेर हात बाँधेपनि डा. रोयले कुनै वास्ता गरेनन्’ मृतकका बुबा नकुलले भने, ‘त्यति बेलासम्म छोराको मृत्यु भइसकेको रहेछ। त्यसपछि आइसियुमा राख्नुपर्छ भनी विर्तासिटी अस्पताल लैजानु भने।’ यता बालकको मृत्युले अस्पातलको स्थिति नियन्त्रणमा नआएपछि पीडित पक्षलाई न्याय दिलाउन मेची उद्योग वाणिज्य संघ मेचीनगरमा बसेको सर्वपक्षीय बैठकले उपचारमा संलग्न चिकित्सकलाई तत्काल निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाउन पहल गर्ने निर्णय भएको छ। 

    सर्वपक्षीय बैठकको निर्णय अनुसार पीडित परिवारलाई तत्काल किरीया खर्च बापत ५० हजार रुपैयाँ उपलब्ध गराउने र थप राहत प्रदान गर्न सहयोग जुटाउन पहल गर्ने सहमति भएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष तथा छानविन समितिका संयोजक ऋषिराज तिम्सिनाले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]