खेलकुद

यु–२३ : आज नेपाल र अफगानिस्तानबीच प्रतिष्ठाको भिडन्त

चैत १२, २०७५

    काठमाडौं : एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच मंगलबार हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन्।

    कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन्। खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ।

    यसअघि दुई/दुई खेल खेलेका नेपाल र अफगानिस्तान दुवै खेलमा पराजय भोग्दै छनोट चरणबाट बाहिरिसकेका छन्। पराजयसँगै नेपालका लागि भने एएफसी यू–२३ च्याम्पियनसीप खेल्ने सपना आगामी दुई वर्षका लागि पछाडि धकेलिएको छ।

    यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १–० गोलअन्तरले पराजित भएको थियो भने आइतबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भयो। यता अफगानिस्तान कतारसँग २–० को हार बेहोर्‍यो भने दोस्रो खेल ओमनसँग २–१ गोलले पराजित भयो।

    यू–२३ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तान दुवैले अहिलेसम्म छनोट चरण पार गर्न सकेका छैनन्। सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने एएफसी यू–२३ च्याम्पियनसिपका लागि छनोट चरणमा विभिन्न ११ समूह छन्। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा कतार ओमन र अफगानिस्तान छन्।

    समूह ‘ए’ बाट कतार र ओमानबीच आज नै हुने खेलबाट अन्तिम चरणको टुंगो लाग्नेछ। जसमा विजेता टोलीले एएफसी यु–२३ च्याम्पियनसपमा सहभागिता जनाउनेछ। त्यस खेलमा पराजित हुने टोलीका लागि पनि उत्कृष्ट उपविजेता भएर अगाडि बढ्ने अवसर हुनेछ।

    दुई खेल खेलेको कतारको ६ अंक छ भने समान खेल खेलेको ओमनको पनि समान ६ अंक नै छ। प्रत्येक समूहको विजेता टोली, उपविजेतामध्ये उत्कृष्ट चार टोली र आयोजक थाइल्याण्ड गरी १६ टोलीले फाइनल चरणमा स्थान बनाउने छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]