डुंगाको माध्यमबाट इङ्लिस च्यानल पार गरेर आउने शरणार्थीलाई रुवाण्डा पठाउने महत्त्वाकांक्षी विधेयक बेलायतको संसदबाट पारित भएको छ । प्र...
अफगानिस्तानले पाकिस्तानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएको एक अभिव्यक्तिबाट रुष्ट बनेको अफगानिस्तानले आफ्ना राजदूतलाई फिर्ता बोलाएको हो।
इमरान खानले सोमबार अफगानिस्तानमा अन्तरिम सरकार गठन हुनुपर्ने अभिव्यक्ति दिएका थिए। खानको उक्त अभिव्यक्तिलाई अफ्गानिस्तानले गैरजिम्मेवार भनेको छ। पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री खानले असरफ घानी नेतृत्वको वर्तमान सरकार शान्ति प्रक्रियामा बाधा बनिरहेको आरोप लगाएका थिए।
प्रधानमन्त्री खानले आगामी दिनमा तालिवान समूहबीच वार्ताले गति लिने पनि बताएका थिए। तर तालिवान समूहले अफगानिस्तानको वर्तमान सरकारसँग वार्ता गर्ने अडान लिँदै आएको छ। अमेरिकाले पनि अफगानिस्तानमा रहेका तालिवान लडाकु समूहसँग वार्ता गर्ने कोशिस गर्दै आएको छ।
पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्तिबाट रुष्ट अफगानिस्तानले आन्तरिक मामिलामा दखल नदिन चेतावनीसमेत दिएको छ।
अफ्गानिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक संजाल ट्विटरमा लेखेका छन, 'पाकिस्तानले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्दैन। ऊ हस्तक्षेपको नीतिमा अगाडि बढिरहेको छ।'
प्रधानमन्त्री खानको अभिव्यक्तिबारे अफगानिस्तानले पाकिस्तानसँग स्पष्ट जवाफसमेत माग गरेको प्रवक्ताले लेखेका छन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।