समाज

प्रदेश-३ सरकारले स्थानीय तहलाई दमकल र एम्बुलेन्स दिने

चैत १३, २०७५

    हेटौँडा : प्रदेश-३ सरकारले प्रदेशका नगर क्षेत्रमा दमकल र गाउँपालिकाहरूमा एम्बुलेन्स दिने भएको छ। प्रदेशका १ सय १९ वटा स्थानीय तहमध्ये गाउँपालिकाहरूमा एम्बुलेन्स र नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा दमकल दिने भएको हो।

    यो सहायता प्रदान गर्नका लागि प्रदेश-३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै स्थानीय तहहरूलाई एम्बुलेन्स र दमकलको आवश्यताबारे विवरण उपलब्ध गराउन माग गरिसकेको छ।  गाउँमा एम्बुलेन्स नभएका कारण धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यतालाई मध्यनजर गरेर प्रदेश सरकारले गाउँपालिकालाई केन्द्रित गरेर एम्बुलेन्स सेवा दिन लागेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए।

    गाउँपालिकाले आवश्यताका आधारमा प्रदेश सरकारलाई माग गरेपछि एउटा गाउँपालिकाले एउटा एम्बुलेन्स प्राप्त गर्नेछन्। त्यसैगरी, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई आगलागी भएको समयमा तत्काल आगलागी नियन्त्रण गर्न सकियोस् भन्ने उद्देश्यले दमकल दिन लागिएको उनले बताए।

    सरकारले पछि घोषणा गरेको नगरपालिकाहरूमा दमकल अभावका कारण अन्य नगरपालिकाका दमकल बोलाएर आगलागी नियन्त्रण गर्नुपर्ने बाध्यता छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]