काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
चितवन : चितवन भरतपुर महानगरपालिका १२ निवासी ७४ वर्षीय भीमराज पाठकले भरतपुर आँखा अस्पताललाई डेढ करोड रुपैयाँ दान गरेका छन्। पाठकले एक कार्यक्रमकाबीच बुधबार अस्पतालका अध्यक्ष कृष्णराज धरेललाई चेक हस्तान्तरण गरेका हुन्। पाठकले डेढ करोडमध्ये २० लाख भने यसअघि नै अस्पताललाई दिएका थिए।
आँखाको नानी संकलन केन्द्र स्थापनाका लागि पाठक दम्पत्तिले सो रकम दान गरेका हुन्। ठूलो परिमाणको दान रकमले आँखा अस्पतालमा सुरु भएको आँखाको नानी प्रत्यारोपण सेवालाई थप व्यवस्थित गर्न टेवा पुग्ने अस्पतालका अध्यक्ष धरेलले बताए।
नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित आँखा अस्पतालले हालसम्म ५५ जनाको प्रत्यारोपण गरेको जनाएको छ। २०१७ सालमा धादिङबाट बसाइँ सरी २०१७ सालमा चितवन आएका पाठक मुखको क्यान्सरका पीडित छन्। उनले पूर्वी चितवनमा रहेको जग्गा बेचेर आँखा अस्पताललाई दान गरका हुन्। पाठक श्रीमती उषामाया पाठकसँग भरतपुर १२ मा बस्दै आएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।