विश्व

इटालियाली–अमेरिकी कार निर्माता फिएट क्रिस्लरले १५०० कामदार कटौती गर्ने

चैत १५, २०७५

    फिएट क्रिस्लर अटोमोबाइल्स (एफसिए) ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ।

    इटालियाली–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आगामी सेप्टेम्बरको अन्त्यदेखि कामदार कटौती योजना लागू हुने जनाएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा विश्व बजारमा कारको मागलाई ध्यानमा राखेर यस्तो निर्णय लिनुपरेको उल्लेख छ।

    कटौतीमा पर्ने सबै कर्मचारीलाई अवकाश प्याकेज उपलब्ध गराइने छ। टोरन्टो नजिक ओशावामा रहेको जनरल मोटर्सको प्लान्टबाट पनि जनरल मोटर्सले सन् २०१९ को अन्त्यदेखि दुई हजार ५०० भन्दा बढी कामदार कटौती गर्दैछ।

    युनिफर युनियनका अध्यक्ष जेर्री डायसले गर्नुभएको ट्वीटमा भनिएको छः 'म फिएटको निर्णयबाट निकै दुःखी छु।' उनले एफसिएसँग तत्कालै आपतकालीन बैठक गर्नु आवश्यक रहेको समेत बताए।

    विन्डसरस्थित क्रिस्लरको प्लान्टमा करिब ६ हजार १०० कामदार छन्। यस प्लान्टबाट क्रिस्लर प्यासिफिका र डज ग्रान्ड काराभान नामको मिनिभ्यान उत्पादन हुने गर्दछ।

    फिएट क्रिस्लरले गत फेब्रुअरीमा संयुक्तराज्य अमेरिकाको 'मोटर नगर' नामबाट चिनिने डेट्रोइटमा नयाँ कार प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो। करिब ४ अर्ब ५० करोड डलरमा निर्माण गरिने नयाँ प्लान्टले झण्डै ६ हजार ५०० लाई रोजगारी दिने बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]