खेलकुद

सैमसनले हाने आइपिएल २०१९ मा पहिलो शतक, हैदरावादसामू १९९ रनको लक्ष्य

सैमसनको शतक सेलिब्रेसन
चैत १५, २०७५

    इन्डियन प्रिमियर लिग २०१९ मा सन्जु सैमसनले पहिलो शतक प्रहार गरेका छन। राजस्थान रोयल्सका सन्जु सैमसनले सनराइजर्स हैदरावादविरुद्ध शुक्रबारको खेलमा शतक प्रहार गरेका हुन।

    आइपिएलको १२औँ संस्करण चलिरहँदा सैमसनको यो शतक दोस्रो हो।

     सैमसनले ५५ बलमा नटआउट १०२ रन प्रहार गरेका थिए। त्यसैगरी राजस्थानका लागि कप्तान अजिन्क्या रहानेले ७० रन प्रहार गरेका थिए। बेन स्टोक्सले भने नटआउट १६ रन प्रहार गरेका थिए।

    राजस्थानले पूरै २० ओभर खेलेर हैदरावादसामू १९९ रनको लक्ष्य प्रस्तु गरेको छ। टस जितेर ब्याटिङ रोजेको राजस्थानले दुई विकेटको क्षतिमा १९८ रन बनाएको थियो।

    हैदरावादले राजस्थानका दुई विकेट मात्रै झार्न सक्यो। हैदरावादका रसिद खान र सहवाज नदिमले एक-एक विकेट लिएका थिए।

    हैदरावादले जवाफी ब्याटिङ थालेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]