काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालि...
जाजरकोट : गत साउन २९ गते आएको बाढीले बगाएको नलगाड नगरपालिका–२ र ५ जोड्ने झुम्राखोला ट्रस्ट ब्रिज पुनर्निर्माण भएको छ। नगरपालिकाको आर्थिक सहयोगमा ट्रस्ट ब्रिज निर्माण गरिएको हो। उपभोक्ता समिति मार्फत ट्रस्ट ब्रिज निर्माण गरिएको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए।
नलगाड नगरपालिकाको १२ लाख रुपैयाँ सहयोग र ७१ हजार रुपैयाँ स्थानीयको श्रमदानबाट सो ट्रस्ट ब्रिज निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जयकुमारी खत्रीले बताइन्। बाढीले बगाउनुअघि २४ मिटर लम्बाइ रहेको उक्त ट्रस्ट ब्रिज पुनर्निर्माण पछि २८ मिटर लम्बाइ पुगेको छ नगरपालिकाले जनाएको छ।
गत साउन २८, २९ र ३० गते निरन्तर रूपमा आएको बाढीले मिल, घट्ट, जघु जलविद्युत आयोजनाका उतपादन गृह, ट्रस्ट, घर, खेतीयोग्य जमिन, पशुचौपाया गरी झण्डै तीन करोड रुपैयाँ भन्दा बढीको क्षति भएको थियो। बाढीले झुम्राखोलामा भएको ट्रस्ट ब्रिज बगाएपछि नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम खलंगा आवातजावत गर्न कठिनाइ भएको थियो।
यस्तै पश्चिम रुकुमको आठबीसकोट नगरपालिका र डोल्पावासीको आवागमनमा समस्या भएको थियो। विद्यालय जाने बालबालिकाहरूलाई दैनिक विद्यालय जान आउनलाई कठिनाइ भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।