समाज

वकिलहरूको नेता चुन्न निर्वाचन जारी, कसले मार्ला बाजी

चैत १६, २०७५

    काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि शनिबार देशभरी निर्वाचन भइरहेको छ। नेपाल बार एसोसिएसनको २५औँ केन्द्रीय कार्यसमितिको नेतृत्वका लागि देशभरका १० हजार ३१३ मतदाताले मतदान गरिरहेका छन्। शनिबार देशभरका ३५ मतदान केन्द्रबाट बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान भइरहेको छ।

    नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत, समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भइरहेको छ। बारको अध्यक्षका लागि प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार रहेका छन्। प्रगतिशील समूह र लोकतान्त्रिक समूहले प्यानल नै खडा गरेर निर्वाचनमा उत्रिएका छन्।

    त्यसैगरी, कानुन अध्ययन समाजबाट अधिवक्ता रामप्रसाद प्रजापतीले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने वैकल्पिक कानुन व्यवसायी संगठनबाट अधिवक्ता कृष्णप्रसाद शर्माले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

    बारको २५ सदस्यीय कार्यसमितिका लागि ६३ जना बढीको उम्मेदवारी परेको छ। तीन वर्षे कार्यकाल लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष निर्वाचित हुनेछन्।

    देशभरिका मतपेटिका संकलन भएपछि काठमाडौंमा मतगणना हुने बारका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिएका छन्। काठमाडौं उपत्यकाको सर्वोच्च अदालत बार कार्यालय, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा निर्वाचन भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]