काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
क्षतिपूर्तिको माग गर्दै नीजि शैक्षिक संस्था संचालक
पर्सा : माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन पाउनु पर्ने माग राखी विद्यार्थीले गरेको भनिएको तोडफोडमा घुसपैठ भएकोले छानबिन गरी क्षतिको क्षतिपूर्ति पाउनु पर्ने नीजि शैक्षिक संस्था संचालकहरूले माग गरेका छन्। नीजि विद्यालयहरूको छाता संगठन एन प्याव्सन, प्याव्सन र हाइयर सेकेन्ड्री स्कूल एशोशिएसन नेपाल (हिसान) का पदाधिकारीहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन्।
केन्द्रमा लगानीमैत्री वातावरण बढाउन सम्मेलन भइरहेका समयमा स्थानीय स्तरमा भएको लाखौंको क्षतिको पुर्ताल हुनु पर्ने उनीहरूको माग छ। 'यस्तो भए शैक्षिक संस्थामा कसले लगानी गर्छ' एन प्याव्सनका केन्द्रीय सचिव नन्दन यादवले भने।
विभिन्न शैक्षिक संस्थामा पसी विद्यार्थीका नाममा घुसपैठ भई क्षति हुँदासम्म स्थानीय प्रहरी प्रशासन मुख दर्शक बनेको नीजि शैक्षिक संस्था संचालकहरूको आरोप छ। सुरक्षा सम्यन्त्र चाँडो आउने हो भने आधाजति मात्र क्षति हुने उनीहरूको तर्क छ।
'वीरगन्जको मुख्य सडकभन्दा भित्र रहेका प्लस २ र शैक्षिक संस्थाहरू सबैभन्दा बढी मारमा परेका छन्। हप्तादश दिनभित्र यसको क्षतिपूर्ति नपाए सबै शैक्षिक संस्था बन्द गर्छौं' उनीहरूले आक्रोसित हुँदै भने।
पर्सामा शुक्रबारको आन्दोलनका कारण पछिल्लो समयमा चर्चित अनुभूति एजेकेशन फाउण्डेशसन सबैभन्दा बढी निशानामा परेको उनीहरूको भनाइ छ। उनीहरूले पत्रकार सम्मेलन पनि सोही फाउण्डेशनमा गरेका थिए।
एसइईका विद्यार्थी मात्र नभई भिडियोसहित प्रहरी प्रशासनमा लिखित जानकारी दिँदा पनि कुनै सुनुवाई नभएपछि नीजि शैक्षिक संस्था संचालक एक भएर अगाडि बढेको उनीहरूको तर्क छ।
\विज्ञान र सामाजिक विषयको परिक्षा अन्तिम समयमा आएर रोकी परिक्षा बोर्डले विद्यार्थीलाई अन्याय गरेको पनि उनीहरू मध्ये एन प्याव्सनका केन्द्रीय सचिव नन्दन यादवले बताए। यो विषयमा विद्यार्थी आक्रोशित हुन अश्वाभाविक होइन। तर सार्वजनिक सम्पत्ति र निजी व्यक्तिको लाखौंको सम्पत्ति क्षति हुँदा प्रहरी प्रशासन भने मुखदर्शक बन्यो' उनले भने, 'यो आन्दोलनमा घुसपैठ भएकै छ।'
पत्रकार सम्मेलनमा हिसानका केन्द्रीय उपाध्यक्ष मनिष सिंह, प्याव्सनका केन्द्रीय सदस्य प्रकाश उपाध्याय, एन प्याव्सनका केन्द्रिय सचिव नन्दन यादव, प्याव्सन पर्साका अध्यक्ष हरिशंकर साह, एन प्याव्सनका पर्सा अध्यक्ष सुन्दर चौधरी लगायतको उपस्थिति रहेको थियो। उनीहरूले अविलम्ब घटनाको छानबिन गरी क्षतिपूर्ति नपाए विद्यालय संचालन गर्न नसकी बन्द गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।