राजनीति

सरकारकै कारण देशमा भ्रष्टाचार र हिंसा बढ्यो : सभापति देउवा

चैत १६, २०७५

    गुल्मी : नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारकै कारण देशमा भ्रष्टाचार र हत्या हिंसा बढेको आरोप लगाएका छन्। 
    शनिबार नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले वर्तमान सरकार कै कारण देशमा हत्या हिंसा र भ्रष्टाचार बढेको भन्दै वर्तमान सरकार असफल भएको दाबी गरे।

    वर्तमान सरकारले राज्यका सबै तहलाई नियन्त्रणमा लिन खोजीराखेको भन्दै अब कांग्रेस चुप लागेर नबस्ने बताए। पछिल्लो समयमा जताततै करै करै लगाएकाले पनि वर्तमान स्कारलाई जनताले नचाहेको पनि उल्लेख गरे। कांग्रेस पार्टी अन्तर्घात कै कारण कमजोर भएको भन्दै कांग्रेस अब सुधारिनु आवश्यक छ, जसका लागि सबै एकजुट हुनु बाहेकको बिकल्प नरहेको बताए। 

    बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले सपनाका पोका बाढेको भन्दै विदेशीलाई मुर्दाबाद भन्दैमा राष्ट्रबादी नभइने बताए। जतिसुकै राष्ट्रबादका नारा लगाए पनि सरकार राष्ट्रबादी नभएको र सरकार असफल भएको दाबी गरे। वर्तमान सरकारकै कारण अहिले शान्ति, सुरक्षा र सुशासनमा कमि आएको भन्दै राजनीतिक आधारमा नै भ्रष्टाचारको बिगबिगी रहेको भन्दै सरकार पूर्ण रुपमा नै असफल भएको दाबी गरे। 

    यता कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको इतिहास बलियो भए पनि कांग्रेस भित्रको गुटका कारण पाटी कमजोर भएको भन्दै एकजुट भएर लागेमा कांग्रेसलाई कसैले पनि पछाडि पार्न र चुनावमा हराउन नसक्ने दाबी गरे। पूर्व अर्धमन्त्री समेत रहेका प्रकाश शरण महतले  नेकपाबाट कांग्रेसले संगठन विस्तार र प्रचार गर्नै कार्य सिक्नु पर्ने  भन्दै यसमा लाग्न कार्यकर्तालाई आग्रह गरे।

    कांग्रेस काम गर्छ कुरा गर्दैन भन्दै नेकपाले काम नगर्ने तर प्रचारबाजी मात्रै गर्ने भएकाले कम्युनिस्ट सरकार  बिश्वमा नै असफल भइराखेको सन्दर्भमा नेपालमा झन पूर्ण रुपमा नै असफल भएको दाबी गरे। नेपाली कांग्रेस गुल्मीले एकताको सन्देश दिनका लागि र आन्तरिक संगठन सुधारका लागि जिल्ला सम्मेलनको आयोजना गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]