धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको सम्पन्न चुनावको मतगणना देशभरीका मतपेटिका संकलन भएपछि मात्र सुरु हुने भएको छ। उपत्यका बाहिरका बुथबाट मत पेटिका संकलन भएपछि मात्र मतगणना सुरु हुने प्रमुख निर्बाचन अधिकृत दामोदर खड्काले जानकारी दिए।
उनकाअनुसार काठमाडौं उपत्यकामा ६० प्रतिशत र उपत्यका बाहिर ८० प्रतिशत बढि मत खसेको छ। २५ सदस्यीय बारको कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ।
तीन वर्षका लागि हुने कार्यसमितिमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष, महिला उपाध्यक्ष र सातै प्रदेशबाट एकएक गरी आठ उपाध्यक्ष निर्वा्चित हुनेछन्। अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ। लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका सुनिल कुमार पोखरेल र प्रगतिशील समूहबाट अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठको समूहबीच मुख्य प्रतिस्पर्धा छ। देशभर मतदाताको संख्या १० हजार ३ सय १३ रहेको थियो।मत गणना शनिबारबाटै नै सुरु हुने बताइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।