काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा च...
इन्डियन प्रिमियर लिगको नवौँ खेलमा किंग्स इलेवन पञ्जावले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको हो।
मुम्बईले दिएको १७७ रनको लक्ष्य पञ्जावले १८.४ ओभरमा मात्र दुई विकेटको क्षतिमा भेटेको थियो।
पञ्जावका लागि केएल राहुलले नटआउट ७१ रन जोडेका थिए। त्यस्तै, मयंक अग्रवालले ४३ र क्रिश गेलले ४० रन बनाएका थिए। डेभिड मिलर भने १५ रनमा नटआउट रहे।
मुम्बईका लागि कुर्नाल पाण्ड्याले दुई विकेट लिएका थिए।
टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईका लागि क्विन्टन डी कोकले ६०, कप्तान रोहित शर्माले ३२, हार्दिक पाण्ड्याले ३१ रन प्रहार गरेका थिए।
पञ्जावका मोहम्मद सामी, मुरुगन आश्विन र हर्डस भिलजोनले समान २-२ विकेट लिएका थिए।
गेलको आइपिएल छक्का संख्या पुग्यो ३००
गेलले आइपिएलमा ३०० छक्का पूरा गरेका छन। आइपिएलमा ३०० छक्का प्रहार गर्ने गेल एकमात्र खेलाडी हुन। गेलको नाममा ११५ म्याचमा ३०२ छक्का रहेका छन। आइपिएलमा धेरै छक्का प्रहार गर्ने दोस्रो खेलाडी एबी डिविलियर्स हुन। उनले १४३ म्याचमा १९२ छक्का प्रहार गरेका छन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।