खेलकुद

आइपिएलको रोमाञ्चक खेल, सुपर ओभरमा दिल्लीले मार्‍यो बाजी

चैत १७, २०७५

    इन्डियन प्रिमियर लिग सिजन १२ को पहिलो सुपर ओभरमा दिल्ली क्यापिटल्स विजयी भएको छ। दिल्लीले सुपर ओभरमा कोलकाता नाइट राइडर्सलाई ३ रनले पराजित गरेको हो। 

    यो जितसँगै दिल्ली क्यापिटल्सले तीन खेलमा दुईमा जित निकालेको छ। एक खेलमा भने दिल्ली पराजित भएको थियो। कोलकाताले पनि सुरुका दुई खेल जितेको थियो र आज पराजित हुँदा दिल्ली र कोलकाताको अंका समान छ। अंक तालिकामा भने दिल्ली दोस्रो स्थानमा पुगेको छ। कोलकाता भने पहिलो स्थानमा यथावत छ।

    कोलकाताले दिएको १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले विजयी रन प्रहार गर्न सकेन। २० ओभरमा दिल्लीले कोलकाताको जत्तिकै अर्थात् १८५ रनमात्र बनाउन सक्यो। त्यसपछि खेल सुपर ओभरमा गएको थियो। 

    सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले ६ बलमा १० रन प्रहार गरेको थियो। सुपर ओभरमा ११ रनको लक्ष्य पछ्याएको कोलकाताले ६ रनमात्र बनाउन सक्यो। 

    सुपर ओभरमा दुवै टिमका एक-एक विकेट झरेका थिए। 

    यसअघि कोलकाताले दिएको १८६ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि पृथ्वी शा शतक बनाउनबाट चुके। उनी ९९ रनमा क्याच आउट भएका थिए। दिल्लीका लागि श्रेयस अय्यरले ४३ र शिखर धवनले १६ रन बनाउनुका अलवा अन्य खेलाडीले खासै राम्रो ब्याटिङ गर्न सकेनन्। 

    बलिङतर्फ कोलकाताका कुलदिप यादवले दुई, लोकी फर्गुसन, पियुस चावला र आन्द्रे रसेलले एक-एक विकेट लिएका थिए।

    दिल्लीलाई कोलकाताले दियो १८६ रनको लक्ष्य

    इन्डियन प्रिमियर लिग (आइपिएल)-१२ को १०औँ खेलमा दिल्ली क्यापिटललाई कोलकाता नाइट राइडर्सले १८६ रनको लक्ष्य दिएको थियो।

    टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो।

    कोलकाताका लागि आन्द्रे रसेलले ६२ रन बनाए। त्यस्तै, दिनेश कार्तिकले ५० रन प्रहार गरे भने क्रिश लिनले २० रन बनाए। अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन।

    दिल्लीका लागि हर्षल पटेलले २ विकेट लिएका थिए। सन्दीप लामिछाने, कगिसो रवाडा, क्रिश मोरिस र अमित मिश्राले समान १-१ विकेट लिएका थिए। एक विकेट सन्दीप र हर्षदल पटेलले रनआउट गरेका थिए।

    सम्बन्धित समाचारः

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]