राजनीति

प्रधानमन्त्री ओली कविता बाचनका लागि आज झापा जाँदै

चैत १७, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आइतबार  र  सोमबार मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।

     प्रधानमन्त्री ओलीले आइतबार मध्यान्ह  मोरङको उर्लाबारी नगरपालिका स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्ध्घाटन,मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नेछन्। 

     यसैगरी  अपरान्ह ३ बजे प्रधानमन्त्री ओलीले  आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिषरमा आयोजना हुने   प्रदेशन नं १ स्तरीय साहित्यिक ÷ प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री ओलीले नगरपालिका भवनको उद्घाटन गर्नुहुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले  मदन भण्डारी रंगशाला सम्बन्धि सरोकारवालाहरुसंग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री ओलीले  गौरादह र दमक  नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ।

    यसैगरी  चैत १८ गते बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा  प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री ओलीले दमकमै निर्माण गरिएको  पशुपंक्षी हाट उद्घाटन गर्नुहुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले दिउसो साढे १२ बजे भारतीय  राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्नेछन्।  त्यसपछि प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं फर्कने कार्यसूची रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]